Erani Mahal
रोटरी क्लब पाल्पा लुम्बिनीद्वारा शैक्षिक सामग्री वितरण
1614145415461
पाल्पा- रोटरी क्लब अफ् पाल्पा लुम्बिनीले शैक्षिक सामग्री वितरण गरेको छ । क्लवको वार्षिक कार्ययोजना अनुसार त्भ्ब्ऋज् एचयनचबmmभ अन्र्तगत बालकन्या भगवती आधारभुत विद्यालय तानसेन १० तेल्घामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको हो । शैक्षिक सामग्री वितरण कार्यक्रममा रोटरी क्लब अफ पाल्पा लुम्बिनीका रोटा वर्ष २०२० /२१ का प्रिसीडेन्ड रो. निर्दोष खनालले विद्यालयको शैक्षिक स्तरोनतीका लागि चरणवद्ध रुपमा विद्यालयसंग हातेमालो गरी शैक्षिक सुधार कार्यलाई व्यवस्थापन गर्ने कुरा ब्यक्त गर्नुभयो । कार्यक्रममा क्लबका चार्टर प्रिस्सिडेन्ट रो. गोपाल बहादुर पोखरेल तथा आइ पि.पि रो. सन्तोषलाल श्रेष्ठले सामाजिक संस्था भएकाले समाजप्रति उत्तरदायी भइ विविध कार्यक्रम गरी विद्यालयको शैक्षिक सुधार, स्वास्थ्य तथा स्तरोनती आवश्यकता अनुसार फर्निचर तथा रङ-रोगनका लागि सहयोग गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरे तथा प्रधानाध्यपक पुष्कर राज रेग्मी ता.न.पा. १० का वाड अध्यक्ष लोचन शर्मा तथा सिंगो विद्यालय परिवारले रोटरी क्लब अफ पाल्पा लुम्बिनीले गरेका यस्ता शैक्षिक सुधारका कार्यक्रमबाट प्रत्यक्षरुपमा विद्यार्थीहरुको शैक्षिक स्तरोनतीमा महत्वपूणर् भुमिका खेल्ने कुरामा जोड दिनु भयो । कार्यक्रमा क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।क्लबका अध्यक्ष रो निर्दोष खनालको अध्यक्षतामा भएको कार्यक्रम संन्चालन क्लबका सचिव रो. खडक बहादुर जिरेलले गर्नुभएको थियो । विद्यालयमा भएको कार्यक्रमका विषयमा विद्यालयका प्रधानध्यापक पुष्कर राज रेग्मीले सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । क्लवले विभिन्न समयमा विभिन्न स्थानमा गएर सामाजिक सेवाको काम गर्दै आइरहेको लुम्बिनी मेडिकल कलेजका सामाजिक विकास विमा फाेकल पर्सन भक्तिराम न्यौपानेले रानीमहललाई बताउनुभयो । उहाँका अनुसार आगामि दिनमा समेत यस्तै रचनात्मक कार्यक्रम गर्ने क्लवको सोंच रहेको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update