Erani Mahal
पाल्पामा काेराेना खाेप लगाएका डाक्टरलाइ नै पाेजेटिभ देखियाे
corona khop
पाल्पा- पाल्पामा काेराेना खाेप लगाएका डाक्टरलाइ नै काेराेना पाेजेटिभ देखिएकाे छ । कोरोना खोप लगाए पछि उच्च सावधानी अपनाउँदा अपनाउँदै पनि युनाइटेड मिसन अस्पतालमा कार्यरत एकजना डक्टरमा कोरोना पोजेटिभ भएको पाइएकोे छ । संक्रमित भेटिएका डक्टरले माघ १६ गते कोरोना खोप लगाउनु भयो । उहाँले माघको २६ गते १० दिन पछि पिसिआर परीक्षण गराउनु भयो । परीक्षणमा रिपोर्ट पोजेटिभ आयो । उहाँ तोकिएको समय अनुसार क्वारेन्टीनमा समेत बस्नुभयो । हाल उहाँको रिपोर्ट नेगेटिभ समेत आइसकेको छ । अहिले केही मानिसहरुले कोरोना खोप लगाइयो भनेर माक्स समेत नलगाइ हिडेको पाइएकाे छ तर त्यस्ताे गर्नु आफैलाइ असुरक्षित गराउनु भएकाे विज्ञकाे भनाइ छ । मिसन अस्पतालका प्रसनल क्यानेजर गणेशप्रसाद घिमिरेका अनुसार उच्च सावधानी अपनाउँदा समेत काेराेना लागेकाेले सजग रहन सबैमा अनुराेध गर्नुभयाे । मिसन अस्पतालको यस घटनाबाट हामी कोरोनाको खोप लगाउँदैमा पूर्ण सुरक्षित भइहाल्छौं भन्ने भ्रमलाई हटाएको छ । जिल्ला अस्पताल पाल्पाकी नर्सिङ निरीक्षक करिष्मा सिंले खोप लगाउँदैमा पूर्ण सुरक्षित छु भनेर मानिसहरु मास्क समेत नलगाई हिड्ने प्रविृत्ति गलत भएको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ–“दुवै डोज लगाएपछि पनि कोरोना सर्ने जोखिम हुन्छ । त्यसकारण हामीले कोरोनाको प्रभाव कम भयो भनेर माक्स लगाउन छाड्ने र विगतमा जस्तै सावधानीहरु अपनाउन डाड्ने हो भने कोरोना फैलिने डर बढी नै हुन्छ ।” कोरोना खोप लगाएकाले कोरोना सर्दैन भन्ने भ्रम त्याग्न उहाँको आग्रह छ ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update