Erani Mahal
गुल्मीमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता सकियाे, पाल्पामा सुरु
national_card
पाल्पा- गुल्मीमा एक लाख २९ हजार ३५९ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लाका १२ वटा स्थानीय तहहरु मध्ये धुर्कोट गाउँपालिकाकमा १० हजार ५८०,मदानेमा नौ हजार ७८० ,गुल्मीदरबारमा ११ हजार ९०५ र छत्रकोटमा १० हजार ८३९, इश्मामा नौ हजार ३५८ , कालीगण्डकीमा नौ हजार ३१ , रुरुक्षेत्रमा नौ हजार ५९९ ,चन्द्रकोटमा नौ हजार ४५० ,सत्यवतीमा १० हजार ६६४ , मालिकामा १० हजार २४० , मुसिकोट नगरपालिकामा १४ हजार ६७८ रेसुङगा नगरपालिकामा १३ हजार ३९जनाको विवरण दर्ता कार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धब पन्थीले जानकारी दिनुभयाे । दर्ता अपरेटरलाई बिदाई जिल्लाका १२ स्थानीय तहमा गएर विवरण दर्ता गर्न खटिएका दर्ता अपरेटरहरुलाई जिल्ला प्रशासन कार्यालयले बिदाई गरेको छ । स्थानीय तहमा गएर विवरण दर्ता गर्ने अभियान सम्पन्न भएकाले उनीहरुलाई जिल्लाबाट बिदाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा रहेर कात्तिक ३ देखि फागुन ५ गतेसम्म विवरण दर्ता अभियानमा खटिएका ५८ जनालाई एक कार्यक्रमका बिच बिदाई गरिएको हो । ५८ जना मध्ये केहीले पाल्पा जिल्लामा रहेर विवरण दर्ता अपरेटरको रुपमा समेत काम गर्नेछन् । पाल्पामा विवरण दर्ता सुरु गुल्मीबाट अाएका विवरण दर्ता अपरेटरले पाल्पामा दर्ता सुरु गरेका छन । जिल्लाकाे रैनादेवी छहरा र रिब्दीकाेट गाउँपालिकाबाट म‌गलवारबाट विवरण दर्ता सुरु भएकाे छ ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update