Erani Mahal
नेपाल-भारत मैत्री संघ पाल्पाकाे अधिवेशन, अध्यक्षमा पुनः श्रेष्ठ
nc (1)
पाल्पा- नेपाल भारत मैत्री संघ जिल्ला शाखा पाल्पाको अध्यक्षमा पुन: कृष्ण प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । सोमबार रामपुरमा सम्पन्न चौथो मैत्री सभाले आगामी कार्यकालको लागि सर्वसहमतिमा निवर्तमान अध्यक्ष श्रेष्ठको नेतृत्वमा १५ सदस्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा नारायण प्रसाद शर्मा, सचिवमा भेषराज सुवेदी, कोषाध्यक्षमा मञ्जु भट्टराई र सदस्यहरुमा मधुसुदन भट्टराई, भूगोल वैजु, विनोद कुमार श्रेष्ठ, खुम बहादुर बयम्बु, राजकुमार श्रेष्ठ, सीता डोटेल, कल्पना भण्डारी, श्रृजना पौडेल, लक्ष्मी ज्ञावली र मोहम्मद ताजिम शेख रहनु भएको छ । कार्यसमितिको आगामी बैठकले योगदानको आधारमा थप ५ जनालाई सदस्यमा मनोनयन गर्नेछ । होटेल न्यू श्रीनगरको सभाहलमा भएको मैत्री सभालाई उट्घाटन गर्दै नेपाल भारत मैत्री संघ जिल्ला शाखा पाल्पाको चौथो मैत्री सभा रामपुरमा सम्पन्न भएको छ । होटेल न्यू श्रीनगरको सभाहलमा भएको मैत्री सभालाई उट्घाटन गर्दै लुम्बिनी प्रदेशका सांसद युवराज खनालले नेपाल भारत विचको सम्बन्ध छिमेकीको रुपमा मात्र नभई सामाजिक, धार्मिक, ऐतिहासिक रुपमा सदियौं देखि रहेको बताउनुभयो । उहाँले मुलुकको विकासमा भारतको योगदान महत्वपूर्ण रहेको बताउँदै बेलाबेलामा सम्बन्धमा केही समस्यहरु आए पनि समाधानका लागि सरकार प्रतिवद्ध भएर लागेको उल्लेख गर्नुभयो । उहाँले भुगोलको आधारमा भारत नेपाल भन्दा कयौं गुण ठूलो रहेपनि सबै मुलुकको सार्वभौम सत्ता समान रहेको उल्लेख गर्नुभयो । संघका केन्द्रिय उपाध्यक्ष बासुदेव उपाध्यायले संस्था स्थापनाको बारेमा जानकारी दिदै नेपाल भरत मैत्री संघ मुलुकको राष्ट्रियता र सार्वभौमताको लागि पहरेदार भएर लाग्ने सामाजिक संस्था भएको बताउनुभयो । अर्का केन्द्रिय उपाध्यक्ष लोकेन्द्र प्रसाद श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकारले समन्वय गरेर अघि बढिरहेको बताउनुभयो । केन्द्रिय महासचिव बोधकृष्ण सुवेदीले आगामी चैत्रमा हुने संघको केन्द्रीय सभालाई मध्यनजर गर्दै शाखाहरुको मैत्री सभा भैरहेको बताउनुभयो । इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख ईश्वरी प्रसाद अर्याल उदेश्य प्राप्तिका लागि थप सशक्त भएर लाग्न शुभकामना दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेयले नगरको विकासमा संघले गरेका कार्यहरु प्रशंसनिय रहेको बताउनुभयो । नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य धनेश्वर बस्यालले मैत्री संघ स्थापना भए संगै दुई देश विचको सम्बन्ध सुधारमा काम हुँदै आएको बताउनुभयो । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले दुई देश विचको सम्बन्धलाई थप सुमधुर बनाउने भौतिक पूर्वाधार तथा पर्यटन विकासका कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्न सके थप प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा आदर्श भूपू सैनिक संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ, रामतुलसी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेल र संघका सल्लाहाकार देवराज ढकालले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल भारत मैत्री संघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जिल्ला शाखाले गरेका कार्यक्रम, प्राप्त उपलब्धि सहितका प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सदस्य भेषराज सुवेदीको स्वागत, शुसिला श्रेष्ठले धन्यवाद र सचिव नारायण कार्कीको सञ्चालनमा भएको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update