Erani Mahal
ससुराको हत्या आरोपमा महिला पक्राउ
manakala-gyawali-hatya-aropi
गुल्मी - ससुराको हत्या आरोपमा पक्राउ परेकी बुहारीलाई गुल्मी जिल्लाकाे प्रहरीले सोमबार सार्वजनिक गरेको छ । आफ्नै ससुराको हत्या आरोपमा पक्राउ परेकी रुरुक्षेत्र गाउँपालिका–३ की ४२ वर्षीया मनकला ज्ञवालीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । फागुन ८ गते ८७ वर्षीय नन्दकुमार ज्ञवाली ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । घटना रहस्यमय देखिएपछि फागुन ९ गते उनकी बुहारी मनकलालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिनुभएकाे छ । सोही दिन राति करिब ९ः४५ बजेको समयमा नन्दकुमारको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन् । उनलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update