Erani Mahal
गुल्मी मदानेका गरीब घर पहिचानका लागि गणक र सुपरिबेक्षकलाई तालिम
ddd
गुल्मी- मदानेका गरिब घर पहिचानका लागि गणक र सुपरिबेक्षकलाई तालिम प्रदान गरिएको छ । बिशेष कारणले अन्य स्थानीय तहसंग तालिममा छुटेका उनीहरुलाई आइतबार देखि जिल्ला समन्वय समिति गुल्मीमा तालिम प्रदान गरिएको जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ । उनीहरुलाई गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि एक हप्ताको तालिम दिन सुरु गरिएको जिल्ला सहजकर्ता सञ्जीवनी अर्यालले जानकारी दिनुभयाे । जिल्लाको मदाने गाउँपालिकाका १ जना सुपरिबेक्षक र ४ जना गणकहरु बिशेष कारणले गर्दा तालिममा सहभागी हुन सकेका थिएनन्् । गणकहरुले सफ्टवयर मार्फत हरेक परिवारको घरमुलीलाई भेटी विवरण संकलन गर्नेछन । उक्त तथ्याङक जिपिएस् प्रणालीबाट गणकले भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा पठाउछन् । सफ्टवयरबाट प्राप्त भएको तथ्याङकका आधारमा मन्त्रालयले गरिब र गैर गरिब परिवारहरुको छनोट गर्नेछ । गरिब परिवारहरुलाई पनि गरिब, मध्यम गरिब र अति गरिब गरी तीन भागमा विभाजन गर्छ र उक्त तथ्याङक पालिकामा पठाउँछ । पालिकाले अति गरिब परिवारलाई रातो कार्ड, मध्यम गरिब परिवारलाई पहेँलो तथा गरिब परिवारलाई हरियो कार्ड प्रदान गर्छ । अहिले जिपिएस् प्रणालीबाट काम हुने भएकोले सही तथ्याङक संकलन हुने गुल्मीका सरोकारवालहरुले बताएका छन्् । गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गाउँमा नम्र र शिष्ट भाषा प्रयोग गरेर तथ्याङक संकलन गर्न गणकहरुलाई निर्देशन दिनुभयाे ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update