Erani Mahal
तानसेनका पसलमा ठग्दै हिड्ने वुटवलका युवा पक्राउ
Pakrau
पाल्पा-पाल्पाको तानसेन बजार स्थितमा रहेको पसलहरुबाट बिभिन्न वरवहाना तथा आश्वासन देखाई ठगी गर्ने रुपन्देही वुटवलका युवा पक्राउ परेका छन् । तानसेनका बजारमा व्यवसायी र पसलमा विभिन्न वाहनामा ठगी गर्दै हिड्ने जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका-४ बस्ने बर्ष ३८ को नारायण सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनलाई नियन्त्रणमा लिई ठगी मुद्दामा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update