Erani Mahal
बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको भवन सिलान्यास
ss
पाल्पा- बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रशासनीक भवनको सिलान्यस गरिएको छ । भवनको पाल्पा क्षेत्र नं. २ का सांसद तथा पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेयले एक कार्यक्रमका बीचमा उद्घाटन गर्नुभयो । कार्यक्रममा पाण्डेयले सहकारीले अन्य सहकारीहरुसँग मर्जगरेर गाउँमा छरिएर रहेको पूजि पलायन रोक्न र युवा उद्यमी, कृषि, पशुपालन लगायतका उत्पादनमुलक क्षेत्रमा काम गरेको बताउनुभयो । यस्तै नेकपामा युवा नेता ठाकुर गैरेले सहकारी गाउँमा सुख र दुखकाे साथी बन्न सक्नुपर्ने बताउनुभयाे । बै‌क र लघुवित्तकाे मह‌गाे व्याज भन्दा सहकारी किसानका गर्जाे टार्न सफल हुनुपर्ने उहाँकाे भनाइ छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुषालले सहकारीले गरेका कामकाबारेमा प्रकाश पार्नुभएको थियो । संस्थाका सचिव कमल तिमिल्सेनाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update