Erani Mahal
संसद पुनर्स्थापना हुन्छ : नेकपा नेता भुसाल
gs
पाल्पा- नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना हुने विस्वास गर्नुभएको छ । संसद पुनस्र्थापना नभए मुलुक बहुआयामिक द्वन्द्वतर्फ जाने संकेत गर्नुहुँदै उहाँले सर्वोच्च अदालतले मुलुकको हितमा पैसला दिने विस्वास गर्नुभयो । नेकपा पाल्पाद्वारा शनिबार तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता भुसालले सरकारले आगामी बैशाखमा चुनावको मिति घोषणा गरेपनि सो मितिमा चुनाव हुनेमा आशंका गर्नुभयो । “अब चुनाव हुने समय पनि घर्कीसकेको छ उहाँले भन्नुभयो बैशाखमा चुनाव पनि हुँदैन र संसद पुनस्र्थापना भएन भने मुलुक बहुआयामिक द्वन्द्वतर्फ जाने अवस्था छ ।” उहाँले अदालतमा प्रधानमन्त्रीका वकिलले गरेकाे कमजाेर बहसले अब संसद पुर्स्थापना हुने सम्भावना बढेर गएकाे बताउनुभयाे । उहाँले अहिले ओली एकातिर, जनता, कांग्रेस, नेकपा, वकिल, प्राध्यापक, बुद्धिजीवि अर्काेतिर भएकाे बताउँदै संसद पुनर्स्थापना हुने भएपछि दल विभाजन गर्नतर्फ ओली उद्धत रहेकाे बताउनुभयाे । उहाँले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि पाँचै वर्ष चलाउन दिएपनि प्रधानमन्त्रीको अहमताले मुलुक द्वन्द्वतर्फ धकेलिएको बताउनुभयो । नेपाली काङ्ग्रेसले पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिएपनि प्रचण्डले त्यो स्वीकार नगरेर कम्युनिष्ट पार्टीको एकताका लागि ओलीलाई समर्थन गरेको बताउनुभयो । उहाँले ओली २०७७ मा २०१४ सालको केशरजङ्ग रायमाझी बन्न खोजेको समेत नेता भुसालले आरोप लगाउनुभयो । नेता भुसालले प्रधानमन्त्रीलाई एमसीसी पास गर्न नदिएको बाहेक अरु काम गर्न आफूहरूले नरोकेको दावी गर्नुभयो । “एमसीसीलाई देशको हित अनुकुल बनाउनुपर्छ भन्ने बाहेक पार्टीले अरु कुनै काममा बाधा अबरोध गरेको छैन उहाँले भन्नुभयो ।” नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य घनश्याम भुषालले ओलीले झुटको राजनीति गरेको आरोप लगाउनुभएको छ । पाल्पा जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले तत्कालिन नेकपा एमालेमा नीति एउटाको र नेतृत्व अर्कोको हुँदा ओलीले कम्यूनिष्ट पार्टीलाई नै ध्वस्त पारेको उहाँले बताउनुभयाे । उहाँले ओलीले रावण बन्न खोजेर सर्वसत्तावाद लादेको आरोप लगाउनुभयो । ओलीको रणनीति चुनाव लडेको लड्यै गर्ने तर विकास र जनताको समस्यालाई ध्यान नदिने नीति रहेको बताउनुभयो । उहाँले त्यसका विरुद्ध सचेत नागरिकहरु एक हुनुपर्ने बताउनुभयो । उहाँले संसद पुर्नस्थापना हुने दावी गर्दै पुर्नस्थापना भएन भने देश थप भएवह अवस्थामा जाने बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update