Erani Mahal
पुश्कल शर्माको ‘के दिउ मायालाई चिनो’ सार्वजनिक [भिडियोसहित]
Puskal_anjali
पाल्पा - लोकप्रिय गायक पुश्कल शर्माले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । पुश्कलले शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत ‘के दिउ मायालाई चिनो’ बोलको गीत सार्वजनिक गर्नुभएको हो । यो गीतमा पुश्कल र पछिल्लो समयकी लोकप्रिय गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ । पुश्कलकै शब्द तथा संगीत रहेको गीतमा कृष्ण बि.के ‘भान्जा’को एरेन्ज रहेको छ । गीतको भिडियोमा पुश्कल, अञ्जली अधिकारी, सवि शर्मा, समीक्षा पोखरेल र अनुपा अधिकारी लगायतले अभिनय गर्नुभएको छ । भिडियोलाई पछिल्लो समयमा लोकप्रिय निर्देशक काजिश श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको हो । अजय रेग्मीले खिच्नुभएको भिडियोलाई दिपक विष्टले सम्पादन गर्नुभएको छ । पाल्पामा जन्मिएर राष्ट्रिय स्तरमा चर्चित पुश्कल शर्माका दर्जनौं गीत स्रोता दर्शकले रुचाएका छन् । यो गीतलाई पनि स्रोता दर्शकले रुचाउनेमा पुश्कल आशावादी हुनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update