Erani Mahal
सुमनको रोईला गीत ‘बैमानीको खलक’, हेर्नुहोस् भिडियो
Suman_Gaire
पाल्पा – पाल्पाली गायक सुमन गैरेको आवाजमा नयाँ रोईला (ख्याली) गीत सार्वजनिक भएको छ । यो गीतमा सुमन र सिमा विश्वकर्माको स्वर छ । गीतको शब्द गायक पुरुषोत्तम गैरेले लेख्नुभएको हो । गीतको भिडियोमा अर्जुन न्यौपाने, शिखा विश्वकर्मा लगायतले अभिनय गर्नुभएको छ । गोकुल सारुको कोरियोग्राफी, पुरुषोत्तमको निर्देशन रहेको भिडियोलाई सन्तोष बस्यालले खिच्नुभएको हो । भिडियोलाई दिपक विष्टले सम्पादन गर्नुभएको हो । गायक सुमनका थुप्रै गीत लोकप्रिय छन् । यस गीतलाई पनि स्रोता तथा दर्शकले रुचाउनेमा सुमनले आशा व्यक्त गर्नुभएको छ । गीतको भिडियो पुरुषोत्तम न्यौपाने युट्युब च्यानलमा सार्वजनिक छ । हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update