Erani Mahal
पाल्पामा एक जना पुरूष मृत अवस्थामा फेला
death
पाल्पा - जिल्लाकाे निस्दी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । निस्दी गाउँपालिका वडा नं ३ झिरुबास बस्ने २८ वर्षीय प्रेम बहादुर राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । राना आफ्नै घरको आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिनुभयाे । इलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट खटिएको प्रहरीको टोलीले उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update