Erani Mahal
पाल्पाका अलिफको स्वरमा ‘छुँदिन म जाले रुमाल’ सार्वजनिक
Alif_Khannew songs
पाल्पा – पाल्पाको तानसेन नगरपालिका –१४ अर्गलीका अलिफ खानको नयाँ गीत सार्वजनिक भएको छ । अलिफको आवाजमा ‘छुँदिन म जाले रुमाल’ बोलको गीत सोमबार सार्वजनिक भएको हो । सांगीतिक क्षेत्रमा एक दशक विताउनुभएका अलिफ पछिल्लो महिनायता चर्चामा हुनुहुन्छ । केही युट्युब च्यानलमा अन्तवार्ता दिएपछि उहाँको चर्चा सुरु भएको थियो । गायन र संगीतमा राम्रो दख्खल राख्ने उहाँको प्रतिभाको धेरैले प्रशंसा गरेका छन् । अलिफको प्रतिभाकै कारण संगीतकार अर्जुन पोखरेलले गायनको अवसर दिनुभएको हो । अर्जुनकै संगीतमा अलिफले ‘छुँदिन म जाले रुमाल’ गाउनुभएको हो । अर्जुनको संगीतमा गीत गाउन पाउँदा अत्यन्तै खुसी लागेको समेत अलिफले बताउनुभयो । गीत सार्वजनिक भएपछि ईरानीमहलसँगको कुराकानीमा अलिफले भन्नुभयो, ‘एकदमै खुःसी छु । गीत हेर्नुभएका/सुन्नुभएका सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ ।’ गीत सार्वजनिक भएको पाँच घण्टामै ७५ हजार बढी भ्यूज पाएको छ । गीतलाई अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् । आफ्नो आवाजमा साढे दुई वर्षको अन्तरमा नयाँ गीत सार्वजनिक भएको अलिफले बताउनुभयो । ‘मेरो संगीतमा त गीतहरु आईरहेका थिए । मेरो स्वरमा चाँही झण्डै साढे दुई वर्षपछि यो गीत आएको हो’ अलिफले भन्नुभयो । ‘छुँदिन म जाले रुमाल’को शब्द नारायण काइलोले लेख्नुभएको हो । गीतको भिडियोमा भने इन्जमान अलि खान र श्रेया सिटौलाको अभिनय छ । विधान कार्कीको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले छायाँकन तथा विकास दाहालले सम्पादन गर्नुभएको हो । भिडियो द डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । अलिफलाई अहिले थुपै्र गीतकार तथा संगीतकारबाट गायनका लागि अफर आईरहेको छ । तर, अलिफले अर्जुनसँगको संगीतमा दुईवटा गीत गाउने सम्झौता गर्नुभएको थियो । अर्को गीत पनि केही दिनमा सार्वजनिक हुने तयारी छ । आउँदा दिनमा स्रोता/दर्शकको मन जित्ने गीतहरु गाउँदै जाने अलिफले बताउनुभयो । उसो त उहाँले संगीत समेत भर्नुहुन्छ । उहाँको संगीतमा दर्जनौं गीत सार्वजनिक भईसकेका छन् । भिडियो :
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update