Erani Mahal
पाल्पामा थप ८ जनामा कोरोना पुष्टि, संख्या १९ सय ३६ पुग्यो
corona-virus-covid-19
पाल्पा- पाल्पामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हप्तादेखिको नतिजामा ४ जना महिला र ४ जना पुरुष गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले रानीमहललाई जानकारी दिनुभयो । पन्थीका अनुसार थपिएकाहरुमा रामपुरका १ महिला, रैनादेवीका १ पुरुष, बगनासकालीका २ महिला, निस्दी र रिव्दीकोटका १।१ पुरुष, तानसेन नपाका १ महिला र १ पुरुष गरी ८ जना रहेका छन् । यि सँगै पाल्पामा कोरोना परीक्षण भएर पुष्टि हुनेको संख्या एक हजार ९ सय ३६ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update