Erani Mahal
पाल्पामा सडक क्षेत्रभित्रका संरचना हटाउन प्रक्रिया सुरु
r
पाल्पा- पाल्पामा सडक मिचेर बनाएका घर टहराहरु हटाउन सडक डिभिजन कार्यालयले प्रक्रिया सुरु गरेको छ । कार्यालयले पटक पटकको सूचनालाई वेवास्ता गर्ने र सडक ऐन विपरित सडक क्षेत्राधिकार भित्र निर्माण गरिएका भौतिक संरचना, घर, टहरा, पार्टी पौवा, धारा, पुल, पेटी आदिलाई भत्काउनको लागि रेखाङ्कन सुरु गरेको छ । [caption id="attachment_16746" align="alignnone" width="768"] पाल्पाको पोखराथोक क्षेत्रमा सडक क्षेत्राधिकार भित्र रहेको घरमा सडक कार्यालयबाट गरिएको रेखांकन तस्वीर पाल्पा माडी पोखराथोक फेशवुकपेजबाट ।[/caption] सिद्धार्थ राजमार्गको दोभानदेखि राम्दीसम्म र तानसेन तम्घास सडकको वर्तुङ्देखि रिडीसम्मको क्षेत्रमा उसले एकहप्ता भित्र भौतिक संरचनाहरु हटाउन सूचना जारी गरेको थियो । सोही सूचनाको आधारमा सडक क्षेत्राधिकार भित्र रहेका घर टहराहरुमा चिन्ह लगाउने काम भएको डिभिजन प्रमुख मुकुन्द अधिकारीले रानीमहललाई जानकारी दिनुभयो । उहाँका अनुसार सकेसम्म घरधनी वा निर्माण जसले गरेका छन्, तिनीहरुले नै भत्काउन भन्ने चाहना कार्यालयको हो, उहाँले भन्नुभयो, यति गर्दा पनि अटेर गरेर बसेमा कानून अनुसार प्रशासनको सहयोगमा भत्काउनुपर्ने उहाँको भनाई छ । देशभरका अन्य राजमार्ग तथा सहायक मार्गहरु समेत विस्तार भएर सडकको क्षेत्राधिकार भित्रको संरचना हटाएको बताउँदै उहाँले सिद्दार्थ राजमार्गमा यस काममा ढिलाई भएकाले त्यसलाई हटाउदै जाने बताउनुभयो । उहाँले आगामी वर्षदेखि सिद्धार्थ राजमार्गको चारलेनमा सडक स्तरउन्नती गरिने भएकाले पनि सडकको क्षेत्राधिकारभित्रको संरचना नहटाई सुखै नहुनेभएकाले त्यसलाई पालना गर्न सबैमा आग्रह गर्नुभयो । सिद्धार्थ राजमार्गको दोभानदेखि राम्दीसम्म करिब ७ सय र वर्तुङ्ग तम्घास सडकमा ३ सय बढी यस्ता संरचनाहरुले सडकलाई बाधा गरेको र सडक ऐन र कानूनको उलंघन गरेको उहाँको भनाई छ । सडक कार्यालयले २०७७ माघ २० गते सूचना जारी गरेर सडक क्षेत्राधिकार भित्रकाे संरचना ७ दिनभित्र हटाउन सर्वसाधारणमा सूचना जारी गर्दै ठाउँठाउँमा टाँस समेत गरेकाे थियाे । त्यसकाे म्याद २८ गते सकिएकाे छ । सडक एेन अनुसार राजमार्गमा केन्द्रदेखि दाँयावाँया २५/२५ मिटर र सहायक मार्गमा केन्द्रदेखि १५/१५ मिटर दाँयाँबाँया सडककाे क्षेत्राधिकारभित्र पर्ने नियम छ तर २०३१ सालमा बनेकाे सडक एेन र नियम विपरित सडक क्षेत्रमा घरटहरा र संरचना बनाउने काम भने राेकिएकाे छैन । अझैपनि कतिपय स्थानहरुमा धमाधम निर्माण भइरहेका छन् । एक हप्ता अगाडि निकालिएकाे सडककाे सूचना हेर्नुहाेस्
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update