पाल्पा- ८० लाख नगद सहित तानसेनका धनबहादुर रुचाल हराएको भन्दै परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । पाल्पा तानसेन नगरपालिका वडा ११ बन्दीपोखरा तिलाहार बस्ने स्व. उदय बहादुर रूचाल का जेठा छोरा करिब ४० वर्षका धन बहादुर रूचाल परिवारको सम्पर्कमा एक वर्षदेखि नभएको उहाँका भाई हरी रुचालले रानीमहललाई जानकारी दिनुभयो ।
तानसेनको बडिज्ञान टोलबाट बुटवल स्थित ड्राइवर टोलमा घर खरिद गर्न १ वर्ष पहिला हिडेको तर उनी पारिवारिक सम्पर्कमा नरहेको भाइ हरीको भनाई छ तर पछिल्लो एक वर्षयता सम्पर्क बिहिन भएको भाई हरि रूचाल ले बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तानसेन, पाल्पामा हराएको निवेदन दिए पनि अझै सम्पर्क मा आएका छैनन् भाईले भन्नुभयो, आफ्नो दाई हाप्पी नेपाल को कार्यालय तानसेन बडिज्ञान टोलबाट बुटवल जान करिब ८० लाख रूपैया सहित करिब १ वर्ष अगाडि बुटवल स्थित ड्राइवर टोलमा घर खरिद गर्न हिडेको तर हिडेको दिन यता सम्पर्क बिहिन भएपछि आफ्ना इष्ट्रमित्र आफन्तजन साथी भाई सबै तिर खोज्यौ कतै नपाएपछि एकदमै चिन्ता मा छांै रुचालले भन्नुभयो ।
यता छोराको चिन्ताले आमा दिन प्रतिदन बिरामी हुँदै जानुभएको छ । उहाँको खोजी गरिदन र फेला पारेमा निजकको प्रहरी कार्यालय वा आफ्न्तमा खबर गरिदिन आग्रह समेत परिवारले गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७ १६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय