Erani Mahal
पत्रकार महासंघ पाल्पाको १२ औं साधारण सभा तानसेनमा सम्पन्न
r
पाल्पा- नेपाल पत्रकार महासंघ पाल्पाको १२ औं साधारण सभा तानसेनमा सम्पन्न भएको छ । साधारण सभाको केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गर्नुभयो । साधारण सभाको अवसमार केन्द्रीय अध्यक्ष आचार्य, संस्थापक अध्यक्ष मेघराज शर्मा, झपेन्द्र गहिरे, राप्रपाका नेता रेवन्त विष्ट, ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी अधिकृत लिला कार्की, पुरस्कारदाता बुद्धी प्रसाद शर्मा, नेपाली काँग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्य, पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जिवी पोखरेल, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादव सिंह कार्की, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने लगायतले शुभकामना दिनुभयो । सभाले सचिव टंकराज कौशलको सांगठनिक, कोषाध्यक्ष नरभूपाल विकको आर्थिक प्रतिवेदन सहित विभिन्न निणर्य समेत गरेको छ । उपाध्यक्ष भरत शर्माको स्वागत, पूर्व अध्यक्ष भगवान भण्डारीको धन्यवाद, सचिव टंकराज कौशलको संचालन र अध्यक्ष राजेश कुमार आर्यालका अध्यक्षतामा कार्यक्रम भएको थियो । साधारण सभाका अवसरमा जिल्लामा क्रियाशिल १८ जना पत्रकारहरु पुरस्कृत भएका छन । बाह्रौ साधारण सभाको अवसरमा विभिन्न पुरस्कारहरु बाट पुरस्कृत गरेको हो ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update