Erani Mahal
पाल्पाकाे निस्दीमा जेसीबी दुर्घटना, एक जना घाइते
jcb accident
पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,चिदियामा जेसीबी मेसिन दुर्घटना भएको छ । निस्दी अर्चले, चिदिया स्थित साधनडाँडा देखि डुम्रेघाट जाने बाटो सफा गर्ने क्रममा सडक देखि करीब २० मिटर तल खसेको हो । अमृत कन्ट्रकसन तानसेनको लु १ क २१९५ नम्बरको जेसीबी दुर्घटना भएको प्रहरी चौकी जब्कादीका प्रमुख मेघराज बेलबासेले बताउनुभएको छ । दुर्घटनामा निस्दी-६,चिदियाका ६२ वर्षीय श्याम बहादुर बयम्बुको टाउकोमा चोट लागेको प्रमुख बेलबासेले बताउनुभयो । घाइते बयम्बु मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएकाे छ । उहाँकाे प्राथमिक उपचार पश्चात् घरमा फर्कनुभएकाे छ । रुपन्देही देवदहका चालक विष्णु बहादुर गाहा मेसिन छोडेर भागेकाे बताइएकाे छ ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update