Erani Mahal
पाल्पामा महिलालाई ढाका बुनाई सीप प्रदान
dhaka
पाल्पा- जिल्लाका महिलाहरुलाई तीन महिने ढाका बुनाई सीप सिकाईएको छ । जिल्लाका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले संचालित तीन महिने ढाका बुनाई तलिमको मंगलबार समापन भएको छ । पाल्पाको पहिचानको रुपमा रहेको ढाकालाई अगाडी बढाउन यस खालका कार्यक्रमले योगदान दिने तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताउनुभयो । त्यसका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउनुभयो । [caption id="attachment_16689" align="alignnone" width="768"] महिला ढाका व्यववसायी संघका अध्यक्ष पूणर्माया महर्जनले पाल्पामै तयार भएको ढाकाको टोपी लगाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा ब्यापार संघका अध्यक्ष चिरन्जिबी पोखरेल, सीप परियोजनाका लुम्बिनी प्रदेशका संयोजक सन्जय ज्ञवाली, घरेलु तथा साना उद्योग पाल्पाका कार्यलय प्रमुख देबिराम भण्डारी, सामाजिक बिकास डिभिजन कार्यलयका पाल्पाका कार्यलय प्रमुख लक्ष्मण ज्ञवालीको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुले ऋण लिन चाहेमा संघ मार्फत सहजिकरण गरि बिना धितो ऋणको ब्यबस्था गर्ने ढाका संघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update