Erani Mahal
प्रचण्ड-माधव पक्षबाट लुम्बिनी प्रदेशमा ५ जिल्ला अध्यक्ष फेरवदल
bisnu__panti
बुटवल- नेकपा प्रचण्ड–माधव पक्षले लुम्बिनी प्रदेशका ५ जनालाई जिल्ला अध्यक्षका लागि सिफारिस गरेको छ । सो पार्टीको प्रदेश कमिटीले रुपन्देही जिल्ला अध्यक्षमा राजु गुरुङ, कपिलवस्तुमा विष्णु पन्थी, गुल्मीमा सोमनाथ सापकोटा, रुकुममा भीममान घर्ती र बर्दियामा वखतबहादुर खड्कालाई सिफारिस गरेको हो । केन्द्रीय कमिटीमा पठाइएका ५ जनाको नाम छिट्टै अनुमोदन हुने जनाइएको छ । रुपन्देहीका गुरुङ तत्कालीन एमाले निकट युवासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा बुटवल बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति पनि हुन् । केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा उनले आगामी चुनावमा विष्णु पौडेलविरुद्ध उमेद्वारी दिने बताउनुभएकाे छ । त्यस्तै कपिलवस्तुका पन्थी प्रदेशसभा सदस्य हुन् । उनले एमाले केन्द्रीय लेखा कमिटीमा बसेर काम गरेका थिए । लुम्बिनी प्रदेशमा पूर्व एमालेका अधिकांश नेता ओली पक्षतिर देखिएपनि पन्थी प्रचण्ड–माधव पक्षतिर खुलेर लागेका हुन् । गुल्मीका सापकोटा साविक एमाले जिल्ला पार्टी सचिव हुनुहुन्छ । हाल उनी मुसीकोट नगरपालिकाका मेयर हुनुहुन्छ । सापकोटा संगठन निर्माणमा ससक्त नेताका रुपमा चिनिनुहुन्छ । त्यस्तै रुकुमका घर्ती पूर्व माओवादी हुनुहुन्छ । उहाँ लामो समयदेखि जिल्ला कमिटीमा बसेर काम गरेको अनुभवी नेताका रुपमा परिचित हुनुहुन्छ । त्यस्तै बर्दियाका खड्का पूर्व एमाले समर्थक हुन् । उनी पनि लामो समयदेखि जिल्ला कमिटीमा बसेर काम गरेका अनुभवी नेता रहनुभएकाे छ ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update