Erani Mahal
पाल्पाको तिनाउमा टिप्पर र मोटर साइकल ठोक्कियो एकको अवस्था गम्भिर !
accident 11
पाल्पा । पाल्पाको तिनाउमा सवारी दुर्घटना भएको छ । पाल्पा जिल्ला तिनाउ गाउँपालिका ३ पानीमिल नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट चुनढुङ्गा लोड गरी बुटवलतर्फ जाँदै गरेको लु २ ख २२०१ नं.को टिप्परले बिपरित दिशाबाट आउँदै गरेको लु ६४ प ५७६२ नं.को मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । उनको नामथर वतन नखुलेको र उनलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाईएको प्रहरीले जनाएको छ । उनको अवस्था सिरियस रहेको उक्त स्थानमा प्रहरी चौकी दोभान, पाल्पाबाट प्रनानिको कमाण्डमा टोली खटिई गएको छ । सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update