Erani Mahal
पाल्पाको रामपुरमा भ्यान दुर्घटना : ९ जना घाईते !
accident
पाल्पा- जिल्लाको रामपुर नगरपालिका ८ मा शुक्रबार साँझ भ्यान दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । बेझाँड बजारबाट रामपुर १० को बर्दले तर्फ जाँदै गरेको लु १ ज ४३८३ नम्बरको भ्यान साँझ ७ बजे कालीगण्डकी करिडोर अन्तर्गत कुमराङ्गमा अनियन्त्रित भई दुर्घटना भएको थियाे । घाईते हुनेहरुमा रामपुर नगरपालिका ८ का ३० वर्षिय बसन्त थापा पुलामी, रामपुर नगरपालिका १० का २२ वर्षिय भुमीसरा सारु, रामपुर नगरपालिका ८ का ३५ वर्षिय विना भन्ने सुकमायाँ हिताङ्ग, रामपुर १० का २८ वर्षिय मन कुमारी राना, रामपुर १० का देव बहादुर आलेको छाेरी ९ वर्षिय प्रिङ्का आले, रामपुर १० का ३२ वर्षिय निरमायाँ आले, रामपुर १० का ४७ वर्षिय कमला गाहा, रामपुर १० का ४३ वर्षिय टोपलीसरा पचभैया र चालक रामपुर ४ सदावर्त बस्ने ४३ वर्षिय सुर्य बहादुर कुमाल घाईते रहेकाे ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । चालक सुर्य बहादुर बाहेक अन्य ८ जना घाईतेलाई रामपुर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको छ । जस मध्ये बसन्त, भुमीसरा, निरमायाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी भ्यान चलाएका चालकको लापर्वाहीले भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । भ्यान घुम्ती बाट झण्डै २ सय मिटर तल पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update