Erani Mahal
माथागढी रुप्सेको सामुदायिक वनमा तानसेनकी महिला मृत अबस्थामा फेला
dath body
पाल्पा-माथागढी रुप्सेको सामुदायिक वनमा मानिस मृत अबस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पाल्पा माथागढी गा।पा।(२ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा ७७ वर्षको महिलाको शव फेला परेको छ । उनको साडि गलेको अबस्थामा मृत फेला परेको भनी स्थानीयले खबर गरेपछि प्रभास चौकीबाट प्रहरी नायव निरिक्षक एक्का बहादुर नेपालीको कमाण्डमा ५ जनाको टोली र जिप्रकापाल्पाबाट प्रहरी निरिक्षक लक्ष्मण पचभैयाको कमाण्डमा ५ जनाको टोली खटिई अनुसन्धान गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाएको छ । मृतक पाल्पा तानसेन ८ बस्ने वर्ष ७७ कि हिरा कुमारी चिदी रहेको भनि निजको नातिले पहिचान गरेको र उनी पुस ४ गते घरबाट हिडि हराएको भन्ने बुझिएको प्रहरी निरिक्षक पचभैयाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update