Erani Mahal
कसरी खाने पानी, पिउने सही समय कुन हो ?
pani
काठमाडौं एजेन्सी- दाँत ब्रस गर्नुभन्दा पहिले खाली पेटमा २ गिलास पानी पिउनुपर्छ । त्यसपछि ब्रस गरिसकेपछि ४५ मिनेटपछि पानी पिउनुपर्छ । त्यसपछि सामान्य खाना खान सकिन्छ । पानी पिउँदा विस्तारै एक–एक घुट्की गर्दै पिउनुपर्छ । त्यसले भित्री अंगहरुलाई सक्रिय गराउँछ । गर्मीको मौसममा पनि बीच–बीचमा पानी पिउनुपर्छ । पानी पिउँदा बसेर पानी पिउनुपर्छ । पानी पिउँदा कहिल्यै पनि उभिएर पानी पिउनुहुँदैन । यसले घुँडा दुख्ने समस्या पैदा गर्छ । व्यायाम गरेपछि र गर्नुभन्दा ३० मिनेट पहिले एक गिलास पानी पिउनुपर्छ । पानीले मेटाबोलिज्म तीव्र हुन्छ र व्यायाम गर्न सजिलो हुन्छ । खाना खानेवित्तिकै पानी पिउनु हुँदैन । यसले पाचन प्रक्रियामा असर गर्छ । खाना खानुअघि आधा घण्टा पहिले मात्रै पानी पिउनुपर्छ । पानीले राम्रोसँग खाना खान मन लाग्दैन । भोक लाग्दा पानी पिउने हैन । तिर्खा लाग्दा मात्रै पानी पिउनुपर्छ । भोक लागेको समयमा खाना खानुपर्छ । पानी पिउदा भोक हराउँछ र खाना खान मन लाग्दैन । तातो खाना, काक्रो, तरबुजा, खरबुजा, मसलादार खाना, चिल्लो खाना, बदाम, तातो दूध, चिया, घामबाट हिँडेर आउनेवित्तिकै पानी पिउनु शरीरका लागि हानिकारक हुन्छ । यस्तै, व्यायाम गर्नेवित्तिकै पनि पानी पिउनु हुदैन । यसैगरी, बिहान पानी पिउँदा टाउको दुखाई, मिर्गौलाको समस्या, मुटुको रोग, पाचन प्रक्रियामा सन्तुलन, कब्जियत जस्ता थुप्रै समस्याहरु समाधान हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update