Erani Mahal
झुम्सामा लाेकल र बाेइलर गरी दुई हजार बढी कुखुरा मरे
kukhura
पाल्पा – तिनाउ गाउँपालिकाकाे झुम्सास्थित झुम्सा पोल्ट्री एण्ड एग्रो फार्ममा दुई हजार बढी कुखुरा मरेको छ । उक्त पोल्ट्री फार्ममा पालिएको २ हजार बोइलर र २५० बढी लोकल कुखुरा मरेको हो । यसबाट आठ लाख ५० हजार बढीको क्षति भएको फार्म संचालक कृष्ण पाण्डेले बताउनुभयो । कुखुरामा रानीखेत सम्बन्धी रोगकाे संक्रमण फैलिएका कारण त्यस फर्मकाे कुखुरा मरेको हुन सक्ने बताइएको छ । तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले कृषक पाण्डेको फार्ममा पुगेर अनुगमन गरिएको र थप क्षति हुनबाट रोक्न कुखुरालाई आवश्यक औषधिको व्यवस्थापन गर्न सहजीकरण गरिएको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update