X
520
Shares

जन उत्थान युवा क्लबको वार्षिकोत्सब सम्पन्न

हाेम राई मगर || १९ माघ २०७७,सोमबार १५:५४

पाल्पा -जन उत्थान युवा क्लब निस्दी-६,अर्चले,सिमलडाँडा,पाल्पाको पाचौं वार्षिकोत्सब सम्पन्न भएको छ । वार्षिकोत्सबको अवसरमा सन्चालन भएको खुल्ला टोल स्तरीय भलिबल प्रतियोगितामा निस्दी-५,बाङलाङ्गले पहिलो स्थान प्राप्त गरेका थिए ।

जम्मा २१ वटा समूहको सहभागिता रहेको खेलमा आयोजक टीम सिमलडाँडाले दोस्रो र नारीभङ्ज्याङले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । त्यसैगरी उत्कृष्ट स्पाइकर जब्कादीका सन्दीप परियार र उत्कृष्ट खेलाडी बाङलाङका अनिल सोती छनौट भएका थिए भने सबैभन्दा बढी उमेरका खेलाडीमा नारीभङ्ज्याङका असिम राना र कम उमेर अधमाराका रोशन खाम्चालाई पुरस्कृत गरिएको थियो ।

बिजयी समूहलाई एक कार्यक्रमका बीच पुरस्कार स्वरुप नगद,ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा खेल सन्चालन गर्न सहयोग गर्ने सहयोगी दाताहरुलाई समेत सम्मान गरिएको थियो । क्लबका अध्यक्ष अर्जुन बयम्बुको अध्यक्षता चलेको कार्यक्रमको सन्चालन सचिब भगत सोमैले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५