Erani Mahal
पाल्पामा दुई स्थानमा दुर्घटना : तीन घाइते, दुई जनाकाे अवस्था चिन्ताजनक
accident-palpa
पाल्पा – पाल्पामा मंगलबार दुई वटा दुर्घटनामा तीन जना घाइते भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका १, घोरबन्दा नजिकै जीप र मोटरसाइकल आपसमा ठोक्किदा एक दम्पत्ति गम्भीर घाइते भएका छन् । मंगलबार बिहान १० बजेतिर रामपुरबाट तानसेन आएको यात्रुबहाक जीप र तानसेनबाट आर्यभाङज्याङ् तर्फ गईरहेको मोटरसाइकल आपसमा ठोक्किदा पर्वत जिल्लाका एक दम्पत्ति गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा पर्वत जिल्ला महाशिला गाउँपालिका १, का राजबहादुर राना र उहाँको श्रीमती ४० वर्षकी गंगा राना रहनुभएको प्रहरीले जनाएको छ । दुबै जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको र उनीहरुको स्वास्थ्य अवस्था अहिलेपनि चिन्ताजनक रहेको छ । [caption id="attachment_16502" align="alignnone" width="742"] दुर्घटनाका केही दृश्यहरू ।[/caption] यस्तै मंगलबार दिउँशो रम्भा गाउँपालिका–४, मुडुली चौपारी नजिकै स्कुटी दुर्घटना हुँदा एक जना महिला घाइते भएका छन् । रामपुर आर्यभाङ्ज्याङ् पक्की सडक खण्डको ताहुँबाट बीरकोट जाँदै गरेको लु ५६ प ४७४६ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक जना महिला घाइ्रते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी पूर्वखोला गाउँपालिका–५, बीरकोट बस्ने ४१ वर्षकी पार्वती हिताङ् घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था मध्यम् रहेको प्रहरीको भनाई छ । उहाँको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना दिउँशो पौने तीन बजे भएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update