Erani Mahal
टिप्पर आतंक र धुवाँधुलो रोक्न पाल्पा उद्योग वाणिज्य संघद्वारा प्रशासनलाई ध्यानाकर्षण
te
पाल्पा- टिप्पर आतंक रोक्न पाल्पा उद्योग वाणिज्य संघद्वारा प्रशासनलाई ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष राजु महर्जनको नेतृत्वमा गएको व्यवसायीको टोलीले पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापन पत्र बुझाएको हो । जिल्लाका विभिन्न चुनढुंगाखानीबाट ढुंगा बोकेर हिड्ने टिप्परको आतंकको कारण पाल्पाली जनताको जनजीवन कष्टकर भएको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो । संघले टिप्पर आतंक रोक्नको लागि रिब्दीकोट, तानसेन र तिनाउँ क्षेत्रका खानीले दैनिक पानी छर्किनुपर्ने, टिप्परबाट भएको अनावश्यक गति र प्रेसर हर्न बन्द गर्नुपर्ने, टिप्परलाई वाइपास बाटोबाट हिडाउनुपर्ने, निर्माणाधिन बाटोहरु समयमै सम्पन्न गर्नुपर्ने सुझाव सहित ध्यानाकर्षण दिइएको अध्यक्ष महर्जनले रानीमहललाई बताउनुभयो । पाल्पामा पछिल्लो समयमा टिपप्रको अत्याधिक गति, धुलो, धुँवाले गर्दा वुटवल, तानसेन र तानसेन हार्थोक, छहरा लगायतका सडकमा यात्रा कष्ठकर बन्दै गइरहेको छ । यस सम्बन्धमा पाल्पाका प्रजिअ न्यौपानेले सम्बन्धित पक्षसँग त्यसबारे छलफल गरेर समस्या समाधानमा लाग्ने बताउनुभयो । संघका महासचिव शैलेन्द्र भट्टराई, उपाध्यक्ष यादव सिंह कार्की लगायतका पदाधिकारीहरुको समेत उपस्थिति रहेको संघका महासचिव भट्टराईले रानीमहललाई जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update