Erani Mahal
रामपुरमा आगोलागी हुँदा दुइ लाखबढी क्षति
Fire-Aago
पाल्पा- जिल्लाको रामपुरमा सोमवार दिउँसोको समयमा घरमा आगोलागी भएको छ । पाल्पा जिल्ला रामपुर नगरपालिका ५ बसपार्क बस्ने चित्र बहादुर गाहाको घरमा डेरा गरी बस्ने तनहु जिल्ला तनहुँ नगरपालिका ६ भिमाद बस्ने जीबन श्रेष्ठको कोठामा आगोलागी भएको हो । उहाँको डेरामा नेपाल हर्बलको बिभिन्न सामानहरु भएको कोठामा अचानक आगोलागी भएको प्रहरीले जनाएको छ । आगोलागी हुँदा उहाँको कोठामा भएको नेपाल हर्बलको बिभिन्न सामान गरी अन्दाजी २ लाख बढीको सामान जली नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक जंग बहादुर श्रेष्ठको कमाण्डमा ५ जनाको टोली खटिई गइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update