Erani Mahal
पाल्पामा २२६ मतदान केन्द्र राख्न सिफारिस !
elec
पाल्पा- दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ सय २६ मतदान केन्द्र राख्न सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेकाे अध्यक्षतामा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले उक्त निणर्य गरेको हो । बैठकमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित नगरपालिका तथा गाउँपालिकाका प्रमूख र अध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । बैठकले जिल्लाभर साबिक बमोजिम कै ११८ मतदान स्थल तथा २२६ मतदान केन्द्र कायम गर्न निर्बाचन आयोगलाई सिफारिस गर्ने निणर्य भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । साबिकमा मतदानस्थल तथा मतदान केन्द्रको नाममा रहेको गाविस भवनको सट्टा वडा कार्यालय राखी अध्यावधिक गर्न अनुरोध गर्ने निणर्य समेत भएको छ । केपी ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा भंग गरेर निर्वाचन घोषणा भएसँगै निर्वाचनको तयारी पनि जिल्लामा सुरु गरिएको हो । एकतर्फ निर्वाचन तयारी भइरहेको छ भने अर्कोतर्फ त्यसको विरोध समेत हुँदै आएको छ । प्रतिनिधि सभा विघटनको मुद्धा सर्वोच्चमा सुनुवाई भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update