Erani Mahal
काम अनुसारको सुविधा नपाएकाे पाल्पाका स्वास्थ्य स्वयम्सेवीकाकाे गुनासो
swemsebika
कृष्ण दर्नाल पाल्पा - काम अनुसारको सुविधा नपाएकाे पाल्पाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुले गुनासाे गरेका छन् । उनीहरुले काम अनुसारको सुविधा नभएपछि स्वयम्सेविका भोकभौकै काम गर्न बाध्य भएका हुन । दैनिक एक दुई घण्टा पैदल हिडेर स्वयम्सेविकाहरुले सेवा प्रदान गर्दै आएपनि प्रयाप्त सुविधाको अभाव रहेको गुनासो छ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुले भोकभोकै सेवा गर्न बाध्य भएका छन् । चालु आर्थिक वर्ष २०७७।०७८ को पुस महिनासम्म कुनै पनि सुविधा नपाउँदा स्वयम्सेविकाहरु समस्या खेपेका छन् । “यातायातको खर्च तथा सञ्चार खर्च समेत आफै गर्नुपर्ने बाध्यता छ । महिना महिनामा प्रतिवेदन बुझाउनुपर्छ । महिना महिनामा एक हजार सुविधा मात्र पाइन्छ,” पाल्पाको रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गकी स्वास्थ्य स्वयम्सेविका गोमा कार्कीको गुनासो पोखिन ।काम गरौं भने सुविधा छैन् काम नगरेमा दीदीबहिनीको ज्यान जोखिम पर्छ । गर्भवती महिलाको सुचना स्वास्थ्य चौकी पुरयाउने काम हाम्रो हो । हामीले काम गर्छौं, पुरस्कार पाउने बेला स्वास्थ्यकर्मी पाउने गुनासो छ । महिनाभरी काम गरेपनि यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा यस अभियानका लागेका महिलाहरुको आर्थिक समस्यामा बल्झिएका छन् ।स्वास्थ्य स्वयम्सेविकाहरुलाई सुविधाका नाममा पोशाक खर्च दश हजार, मासिक एक हजार सुविधा भएपनि चालु आर्थिक वर्षको पुस महिनासम्मको कुनै पनि सुविधा नपाएकोे गुनासो छ । स्वयम्सेविकाले प्रत्येक महिना आमा समुहको बैठक सहजीकरण गर्ने, गाउँघर क्लिनिक, खोप क्लिनिक, हजार दिनका आमा आइरन चक्की, बालबालिकालाई बालभिटा, जीवनचल लगायतका सुविधा प्रदान गर्दै आएको गोमा कार्कीले बताउनुभयो । महिलाहरु गर्भवती भएको चार महिना पछि स्वास्थ्य चौकीमा परीक्षणका लागि जान परामर्श गर्छन । स्वयम्सेविकाहरुले हजार दिनका आमाका लागि पोषणयुक्त आहारा कसरी खाने, कसरी शिशुलाई आहारा खुवाउने भन्ने विषयमा समेत परामर्श प्रदान गर्र्दै आएका छन् । मातृशिशुको स्वास्थ्य जस्तो जिम्मेवारी बोकेका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई दुई वर्ष देखि आधारतभूत तालीम समेत व्यवस्था हुन सकेको छैन । स्वय्सेविका मीना थापाका अनुसार आफुलाई सामाजिक काममा बढी समय घरासी काम हुन गर्न समस्या हुँदा आर्थिक समस्या बढेको छ । सरकारी काम गरेपनि प्रयाप्त मात्रामा सुविधा नभएकोले काम गर्न जागर कम हुँदै गएको थापाले बताउनुभयो । स्थानीय सरकारले आफुलाई मासिक तलबको व्यवस्था गरी काम गर्न हौसला प्रदान गर्न महिलाहरुको माग रहेको छ । गाउँपालिकाभित्र ७२ जना स्वास्थ्य स्वयम्सेविकाहरु रहेका छन् । रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुनिल अधिकारीले महिला स्वास्थ्य स्वयम्सेविकाले यातायात खर्च संघीय सरकारको सहयोगमा वार्षिक छ हजार र गाउँपालिकाको छ हजार गरी वार्षिक १२ हजार यातायात खर्च प्रदान गर्दै आएको बताउनुभयो । नेपाल सरकारद्धारा सञ्चालित भिटामिन तथा पोलियो खुवाउने कार्यक्रममा दैनिक चार सय रुपैयाँ यातायात भत्ता उपलब्ध गराउदै आएको अधिकारीले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रममा पनि ५० प्रतिशत रकममा गाउँपालिकाले सहयोग गर्दै आएको छ । रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार प्रदेश सरकारले वार्षिक ३ हजार, गाउँपालिकाबाट ९ हजार प्रदान गर्ने बताउनुभयो । प्रमुख रानाले वर्षमा दुई पटक ६।६ महिना सेवा सुविधा प्रदान गरेको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update