Erani Mahal
गुल्मीमा दुई महिनासम्म पनि समातिएनन्  फरार आरोपित
police gulmi
हुमाकान्त पोखरेल गुल्मी- गुल्मीमा अदालतले पक्राउ पुर्जी जारी गरेको दुई महिना बितिसक्दा पनि आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिया नारायण पाध्या शर्मा चुदालीलाई प्रहरीले अझैसम्म पनि पक्राउ गर्न सकेको छैन । आरोपित चुदालीविरुद्ध जिल्ला प्रहरी कार्यालय, गुल्मीमा गत मंसिर ८ गते मानव बेचविखन विरुद्धको मुद्धा दर्ता भयो । त्यसपछि पीडितको बयानका आधारमा जिल्ला अदालतले मंसिर १० गते उनको नाममा पक्राउ पुर्जी समेत जारी ग¥यो । तर आरोपित गाउँमै डुलेर बस्दासमेत प्रहरीले उनलाई पक्राउन गर्न सकेको छैन । गत कात्तिक २६ गते चुदालीले रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सारकी १७ बर्षिय बालिकालाई आफ्नो घर लगेका थिए । बालिका र चुदाली नाताले साली भिनाजु पर्छन । मंसिर १ गते भाइटिकापछि आफ्नो घर बलेटक्सार जानको लागि मोटरसाइकलमा हिड्छन् । तर छत्रकोट गाउँपालिकाको चोयघामा एक प्रकारको पेय पदार्थ खान दिएर गोरखपुर पु¥याएको पीडितको बयानमा उल्लेख गरिएको छ । बालिकालाई गोरखपुरको राज होटलमा ५ दिनसम्म करणी गरेको तथा बन्धक बनाएर राखेको पीडितको निवेदनमा उल्लेख गरिएको छ । शर्माविरुद्ध मानव बेचबिखनको मुद्धा दर्ता गरिएको छ । पीडितका बुबाले पीडक नारायण शर्मा गाउँ–घरमै डुलेर बस्दासमेत पहुँचको आधारमा प्रहरीले चासो नदिएको गुनासो गर्नुभयाे । यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठले अदालतबाट पक्राउ पुर्जी भइसकेको तथा आरोपित पत्ता लगाउन नसकेको प्रतिक्रिया दिनुभयाे । एकपटक रुपन्देही तथा विभिन्न स्थानका प्रहरी चौकीहरुसँग समन्वय गर्दा समेत नभेटिएको प्रहरी प्रमुख श्रेष्ठले बताए । कोही कसैले फेला पारेमा आफुहरुलाई खबर गर्न पनि उहाँले आग्रह गर्नुभयाे ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update