Erani Mahal
मधुमेह सम्बन्धी जाँच तथा सचेतना कार्यक्रम सम्पन्न
lllll
पाल्पा – लायन्स क्लब अफ पाल्पा माडीको आयोजनामा मधुमेह सम्बन्धी सचेतना तथा स्वास्थ्य चेकजाँच भएको छ । खानपान तथा दैनिक व्यवहारका कारण मधुमेहका बिरामी बढेकाे भन्दै यसको न्युनीकरण गर्न क्बलले शनिबार माथागढीकाे सराइमा सचेतना र चेकजाँच कार्यक्रम राखेको हो । माथागढी गाउँपालिका वडा नं. ३, कसेनी र वडा नं. २, रुप्से सहित तानसेन वडा नं. ९ दमकडाका गरी ३० जनाभन्दा बढी मानिसलाई मधुमेह के कारणले हुन्छ, कसरी यसको नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिइएको थियो । सचेतना कार्यक्रममा मधुमेहसम्बन्धी परामर्शकर्ता दिपक बिसीले सहजीकरण गर्नुभएको थियो । उहाँले पछिल्लो समय नसर्ने रोगका रुपमा धेरै मानिसमा मधुमेह हुने क्रम बढेको र खानपान र जीवनशैली परिवर्तन गर्न आग्रह गर्नुभयो । पछिल्लो समय शौखिन खानपान र सुखसयलमा बस्ने क्रमले मधुमेहका रोगी बढेको उहाँले बताउनुभयो । मधुमेह नियन्त्रणका लागि खानपान सुधार र शारिरीक व्यायम आवश्यक रहेको बिसीले बताउनुभयो । कार्यक्रममा लायन्श क्लब अफ पाल्पा माडीका अध्यक्ष यमबहादुर चिदीले मधुमेहका कारण मानिसले अकालमै ज्यान गुमाउने क्रम बढेकाले यसको नियन्त्रणका लागि सचेतना र जाँच कार्यक्रम राखेको बताउनुभयो । चिदीले मानिसले आफूले प्रयोग गर्ने सवारीसाधनको अवस्था कस्तो छ भनेर चेकजाँच गरेपनि स्वास्थ्यप्रतिभने वेवास्ता गरेको बताउनुभयो । क्लबका सचिव ओमसेन सुनारले सामाजिक भावनाले आफूहरूले क्लब स्थापना भएदेखि नै विभिन्न खालका सिर्जनशील क्रियाकलापहरू गर्दै आएको बताउनुभयो । उहाँले क्लबले विगतमा विपन्न बालबालिकालाई स्वीटर वितरण, वृक्षारोपणलगायतका काम गरेको बताउनुभयो । आगामी दिनमा पनि सामाजिक भावनाले यस्ता कामहरु गर्दै जाने सचिव सुनारले बताउनुभयो । क्लबमा ४३ जना संस्थापक सदस्य रहेका छन् । मधुमेह सम्बन्धी सचेतना तथा चेकजाँच कार्यक्रममा माथागढी गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराई, पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल, क्लबका फस्ट भाइस चेयरमेन पदम रानालगायतको सहभागिता रहेको थियो । स्वास्थ्य जाँचमा क्लबका अध्यक्ष चिदी, सदस्यहरू हाेमबहादुर राना र भानुभक्त बस्यालले सहयाेग गर्नुभएकाे थियाे । न्यानो कपडा वितरण उता लायन्स क्लब अफ श्रीनगरले कालिका माबि मुझुङमा न्यानो कपडा बितरण कार्यक्रम गरेको छ । विद्यालयमा पढ्ने १ देखी ५ सम्मका १५० जना विद्यार्थीलाइ करिब १ लाख बराबरको न्यानो कपडा बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिस्ट्रिक डेपुटी कोअर्डिनेटर राजेन्द्र लिगलले वितरण गर्नुभयो । उहाँले विद्यार्थीले जाडोमा न्यानो पाउन् भनेर क्लबले सहयोग गरेको बताउनुभयो । कार्यक्रममा डिपार्टमेन्ट चिफहरु भेषराज सुबेदी, कृष्ण कार्की, खेमबहादुर सारुले लायन्स क्लबको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुतमान सिंह कार्की, स्थानीय समाजसेवी रामबहादुर कार्कीलगायतले बोल्नु भएको थियो । क्लबका उपाध्यक्ष यादब सिंह कार्कीको स्वागत, बिद्यालयका प्रधानाध्यापक जनार्दन पान्डेको धन्यवाद र क्लबका सचिव कपिल कार्कीको सन्चालन र अध्यक्ष ताराबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update