Erani Mahal
यि हुन् कलेजाे विग्रिएकाे संकेत : कसरी पत्ता लगाउने ?
kalejo
एजेन्सी- कलेजोमा अनावश्यक बोसो जम्मा हुने समस्यालाई ‘फ्याट्टी लिबर डिसिज’ भनिन्छ । कलेजोमा बोसो बढ्नु निकै खतरनाक मानिन्छ । कलेजोमा समस्या आएको विभिन्न संकेतहरु देखिन्छन् । लामो समयसम्म कलेजोमा समस्या आउँदा कलेजोमा सिरोसिस हुने खतरा बढ्छ । सिरोसिस एडभान्स स्टेजमा पुगेपछि गम्भीर लक्षणहरु देखिने गर्छ । भारतीय नेशनल हेल्थ सभिर्सका अनुसार गोडा, कुर्कुच्चा र पन्जामा गम्भीर प्रकारको पीडा महसुस हुने लक्षणहरु कलेजो बिग्रिएको संकेत हुनसक्छ । विशेषज्ञका अनुसार सिरोसिस भएको संकेतहरुबाट पनि पत्ता लगाउन सकिन्छ । छालाको पहेँलोपन, आँखाको सेतो भाग पहेँलो हुनु र छालामा चिलाउने समस्या आउनु चेतावनीको संकेत हुन सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउने गर्दा कलेजोमा जम्मा हुने बोसो हटाउन सकिन्छ । नियमित व्यायामले शरीरको तौल कम गरेर कलेजोमा थप समस्या आउनबाट जोगाउँन सकिन्छ । त्यसैगरी, मद्यपान तथा धुम्रपानको सेवन गर्न हुँदैन । सन्तुलित भोजन गर्ने गर्दा पनि कलेजो सुरक्षित स्वस्थ रहन मद्दत पुग्छ ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update