Erani Mahal
ओली पक्षीय युवाकाे तानसेनमा भेला सम्पन्न
IMG_0279
पाल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड र माधव नेपालले पदीय स्वार्थका लागि पार्टी विभाजन गरेको आरोप लगाउनुभएको छ । शनिबार तानसेनमा भएको ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला र जिल्ला युवा भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । जनविश्वासको आधारमा दुइधारका पार्टी एकता भएको उहाँले बताउनुभयो । दुइवटा कम्युनिस्ट राजनीति भित्रका झापा आन्दोलन र नेकपा माओवादीको दशवर्षे जनयुद्धसहितका आन्दोलनलाई एक ठाउँमा जोड्ने प्रयास भएको उहाँले बताउनुभयो । तर केही नेताहरुको नितान्त पदीय स्वार्थले एकता असफल भयो उहाँले भन्नुभयो । प्रचण्ड र माधव नेपालले एकताभित्र गुटबाद जन्माएपछि पार्टीको अवस्था यो हालतमा पुगेको पोखरेलले दावी गर्नुभयो । ओली पक्षीय नेता समेत रहनुभएका उहाँले राष्ट्रलाई नभइ आफूललाई हेरेर एकता गरेका कारण मुलुकको राष्ट्रिय राजनीति संकटतर्फ उन्मूख भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको काम भन्दापनि सरकारको काममा बाधक बनेको र जहिलेपनि भागबन्डाकै बार्गेनिङ गरिरहेको उहाँको जिकिर छ । ओली पक्ष नेकपाका युवा नेता तथा युवा सङ्घ इन्चार्ज महेश बस्नेतले जनता मत जित्नका लागि निर्वाचनमा जानुको विकल्प केपी ओलीसँग अरु केही नभएको बताउनुभयो । दुई पार्टी मिलेर बनेको नेकपामा स्वार्थमा लागेका केही नेताहरुले अध्यक्ष ओलीलाई घेराबन्दीमा पारेको उहाँले आरोप लगाउनुभयो । ‘प्रधानमन्त्रीलाई कामै गर्न नदिने र घेराबन्दीमा पार्ने काम भएपछि संसद विघटनको बाटो रोजेको प्रष्ट छ,’ उहाँले भन्नुभयो । संवैधानिक अधिकारको प्रयोग गरेर संसद विघटन गरेको हो उहाँले भन्नुभयो असंवैधानिक हु“दै होइन ।’ अब चुनावलाई सफल बनाउन तयारीमा लाग्नुपर्ने बताउ“दै साविक एमालेका ९५ प्रतिशत बढी नेता तथा कार्यकर्ताहरू ओलीले नेतृत्वको नेकपामा रहेको उहाँको दावी छ । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य नारायण आचार्य, नेकपा नेताहरू नगर संयोजक रामप्रसाद पोखरेल, युवा नेता तुलबहादुर अधिकारी, नविन थापा लगायतले ओली नेतृत्व सरकारले राम्रो काम गर्दागर्दै पनि घेराबन्दीमा पारेको जिकिर गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update