Erani Mahal
कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
Accident1521
कावासोती- नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका-८, स्थित भित्री सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका-३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update