Erani Mahal
उत्कृष्ट यौन जीवनका लागि के खाने, के नखाने ?
sex
काठमाडौं एजेन्सी- पार्टनरबीच सम्बन्ध बलियो बनाइराख्नका लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । यौन जीवनलाई उत्कृष्ट बनाउनका लागि मानिसहरु विभिन्न प्रकारको तरिका अपनाउने गर्छन् । तर के तपाईंलाई खानपिनले पनि यौन जीवनमा अत्यधिक प्रभाव पारिरहेको छ भन्ने थाहा छ ? यौन सम्बन्ध अघि तपाईं जे खानुहुन्छ त्यसको असर यौन शक्तिमा पर्ने गर्छ । विशेषज्ञले यौन सम्बन्ध स्थापित गर्नु अघि के खाने र के नखाने भन्ने सल्लाह दिएका छन् । अनारः यौन शक्ति र फर्टिलिटी बढाउनका लागि अनार अत्यधिक फाइदाजनक मानिन्छ । विशेषज्ञका अनुसार अनारको जूस पिउँदा मूड राम्रो हुन्छ र रक्त सञ्चारमा पनि सुधार आउँछ । यसले टेस्टोस्टेरोनकोृ स्तर पनि बढाउँछ । चकलेटः चकलेट र रोमान्सको गहिरो नाता छ । चकलेट खाँदा सरोटोनिक हर्मोन बन्ने गर्छ जसले मूड राम्रो बनाउँछ । यौन सम्बन्ध स्थापित गर्नुअघि चकलेट खाँदा तनाव कम हुन्छ र यौन इच्छा जागृत हुन्छ । यसका साथै चकलेटमा फेलिलएलथाइलमाइन हुन्छ जसले यौन इच्छा बढ्ने गर्छ । पालुङ्गोः हरियो पालुङ्गोमा अत्यधिक म्याग्नेसियम पाइन्छ जसले टेस्टोस्टेरोनको स्तर बढाउने काम गर्छ । पालुङ्गोमा आइरन पाइन्छ जसका कारण सेक्स ड्राइभ बढ्ने गर्छ । यो विशेषगरी महिलाको यौन इच्छा र सन्तुष्टि बढाउन सहयोगी छ । खरबुजाः खरबुजामा साइट्रिनलाइन नामको एमिनो एसिड हुन्छ । शरीरमा प्रवेश गरेपछि यो आर्जिनिन एमिनो एसिडमा परिवर्तन हुन्छ । यसका कारण रक्त कोसिकाले आराम पाउँछ जसका कारण यौनाङ्गले राम्रोसँग काम गर्न सक्छ । खरबुजाले शरीरमा त्यस्तै काम गर्छ जस्तो इरेक्टाइल डिसफंक्सन रोक्नका लागि भियग्राले गर्छ । एभोकाडोः क्रिमले भरपुर यो फलमा हेल्दी फ्याट र फाइबर हुन्छ । एभोकाडो खाँदा भित्रैदेखि ऊर्जा मिल्छ । त्यसैले विशेषज्ञ यौन सम्बन्ध स्थापित गर्नुअघि एभोकाडो खान सल्लाह दिन्छन् । यसबाहेक महिलालाई महिनावारीका बेला हुने थकान र चिड्चिडापनलाई हटाएर मूडलाई रोमान्टिक बनाउन पनि मद्दत गर्छ । स्ट्रबेरीः स्ट्रबेरी भिटामिन सीले भरपुर हुन्छ जसका कारण तनाव कम हुन्छ र यौन इच्छा बढ्ने गर्छ । स्ट्रबेरी खाँदा शरीरमा अक्सिटोसिन हर्मोन बन्छ जसलाई लभ हर्मोन पनि भनिन्छ । यसको सम्बन्ध यौन इच्छासँग हुन्छ । कफी वा चियाः कफी वा चियामा अत्यधिक क्याफिन पाइन्ट जसको असर स्नायू प्रणालीमा पर्छ । यसले यौन सम्बन्धका बेला पुरुषमा परफर्मेन्स एन्जाइटी हुन दिँदैन । क्याफिनले इरेक्टाइल डिसफंक्सनको सम्भावना पनि कम गर्छ । सुत्नु ठिक अघि कफी वा चिया नपिउनुहोस् नभए यसले समस्या निम्त्याउन सक्छ । फ्याटी फिशः साल्मन, सार्डिन् र मेकेरलजस्ता फ्याटी फिशमा भरपुर मात्रामा ओमेगा–थ्री पाइन्छ । यो हेल्दी फ्याटले शरीर सुन्निन कम हुन्छ जसका कारण यौन जीवन पनि राम्रो हुन्छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ओमेगा–थ्रीका लागि फ्लेक्स सिड्स, चिया सिड्स वा ओखर खानुहोस् । यी खानाहरु नखानुहोस्ः स्वस्थ यौन जीवनका लागि केही खानेकुरा खानु हुँदैन जस्तै कि रक्सी । रक्सीको अत्यधिक मात्राले टेस्टोस्टेरोनको स्तर कम गर्छ । यसको असर स्नायू प्रणालीमा पर्छ जसका कारण सेक्स ड्राइभ कम हुन्छ । यसका साथै यौन सम्बन्धको ठिक अघि कहिले पनि मासु वा नौनीजस्ता स्याचुरेटेड फ्याटयुक्त खानेकुरा नखानुहोस् । यसले रक्त सञ्चार स्लो गर्छ र यौन इच्छा कम हुने गर्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update