Erani Mahal
जाडोमा तातोपानीले नुहाउनु किन खतरनाक हुन्छ  ?
nuhai
एजेन्सी । जाडोको समयमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तर, विशेषज्ञका अनुसार चिसो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई नोक्सान पुर्याउँछ । तातोपानीमा हुने केराटिनले छालाका कोषहरु मार्ने भएकाले यसले छाला चिलाउने, सुख्खा हुने र छालामा विभिन्न प्रकारका दागहरु पैदा गर्ने गर्छ । तातोपानीले नुहाउँदा मात्र होइन धेरै गर्मी कपडा लगाउँदा पनि नोक्सान पुग्छ । यसले शरीरलाई धेरै तातो बनाउने हुँदा समस्या आउने गर्छ । चिसोले शरीरमा रोग प्रतिरोधात्मक प्रणालीले सेतो रक्त कोशिकाहरु निर्माण गर्ने र यसले शरीरलाई विभिन्न प्रकारका इन्फेक्सनबाट बचाउँछ । तर शरीरमा तापक्रम बढी भयो भने यसले काम गर्न सक्दैन । यसैगरी, जाडोमा धेरै खानेकुरा पनि खानुहुँदैन । गर्मीको मौसममा भन्दा जाडोमा खाना पाचन हुने प्रक्रिया कमजोर हुन्छ । त्यसैले, चिसो मौसममा फाइबर भएको खानेकुरा तथा फलफूल धेरै सेवन गर्नुपर्छ । साथै, थोरै मात्रामा चिया वा कफिको सेवन गर्नुपर्छ । धेरै क्याफिन भएको पेयपदार्थले पनि शरीरलाई नोक्सान पुर्याउँछ ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update