Erani Mahal
पाल्पाकाे रामपुरमा खुल्यो आधुनिक प्रबिधियुक्त जिम हल
jim
पाल्पा - "स्वस्थ्य शरीरका लागि नियमित व्यायाम" भन्ने उद्घोष सहित पाल्पाको रामपुरमा जिम हल संचालनमा आएको छ । पाल्पा जिल्लामा अत्याधुनिक प्रविधि सहितको जिम हल यही बनेको संचालकले बताएका छन् । शारीरिक सुसंगठनमा रुची राख्ने युवा, कामले व्यस्त पिढिलाई मध्यनजर गर्दै रामपुर ८ का ल्याक्सी श्रेष्ठले रामपुर फिट्नेस एण्ड हेल्थ क्लव फ्यामीली सञ्चालनमा ल्याएका हुन् ।३० वर्षिय युवा श्रेष्ठले खाने, सुत्ने र अल्छिपनाले मानिसको शारीरिक बनोटमा असर गर्ने र सौखिन परिवेशले गर्दा स्वस्थ्य शरीर स्वस्थ्य जीवनका लागि रामपुरको बेझाँड बजारमा क्लव सञ्चालनमा ल्याएको बताएका छन् । क्लवको वल्ड बडी बिल्डिङ च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश महर्जन र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो। क्लवको उद्घाटन गर्दै स्वर्ण पदक विजेता महर्जनले शारीरलाई सुसंगठित बनाउन तथा स्वस्थ्य स्वास्थ्यका लागि उमेर र तौल अनुसारको व्यायमको आवश्यक रहेकोले जिम हल अहिलेको टट्कारो आवश्यकता भएको बताउनुभयो । उफ्रिन जो कोहि पनि उफ्रिने बताउदै महर्जनले नियमबद्ध व्यायमबाट मात्र लाभ लिन सकिने हुँदा नियमित कसरतको आवश्यक रहेको उल्लेख गर्नुभयो । व्यायम गर्ने तरिका र आफ्नो अनुभव राख्दै अहिलेका युवा र बच्चाले पनि समय निकालेर व्यायाम गर्न सुझाब दिनुभयो। रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बढ्दो बजार संगै सञ्चालनमा आएको क्लवले नगरमा नयाँपन थपिएको बताउनुभयो । उहाँले व्यायम संगै युवाहरुलाई शारीरिक सुसंगठनमा लाग्न प्रेरित गर्दै स्वास्थ्यका लागि व्यायम अपरिहार्य रहेको बताउनुभयो । सोही अबसरमा फिटनेस च्वाईस नेपालका सिईओ उत्तम सिलवालले व्यस्त मानिसहरुको लागि कम्तीमा दैनिक आधा घण्टा कसरतको आवश्यक रहने बताउनुभयो । कार्यक्रममा सिनर्जी फिटनेसका सिईओ रञ्जु गौचन र रामपुर उद्योग वाणिज्य संघका सदस्य समसुल हकमियाँले थप सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । रामपुर नगरपालिका वडा नं. ८ का वडा सदस्य तथा संचालकका बुवा मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई सञ्चालक ल्याक्सी श्रेष्ठले धन्यवाद दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठले गर्नु भएको हो । झण्डै ५० लाखको लागतमा सञ्चालनमा आएको क्लवमा स्ट्रेन्थ ट्रेनिङ्ग, आर्मी ट्रेनिङ्ग, प्रोटिन सप्लिमेन्ट, जुम्बा क्लास, किक बक्सिङ्ग, कार्डियो, कालिस्थेनिक, फिटनेस प्लान, फिटनेश अरेविक, डाईट प्लान, हट स्वर र हिट क्लास लगाएतका व्यायामहरु गराईने श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update