Erani Mahal
०९ माघ २०७७ शुक्रवारको राशिफल
rashifal
मेष राशि मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार पनि सुन्न पाइएला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज निर्णायक क्षमतामा कमी आउनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला, सचेत रहनुहोला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । कन्या M टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद समेत बढ्ला । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउने र जोश जाँगर बढ्नेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता पाईएला । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार हुनेछ । मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update