Erani Mahal
अमेरिकाका  ४६ औं  राष्ट्रपति जो बाइडेनले सपथ लिए
biden
एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन् । जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली– अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update