Erani Mahal
पाल्पामा कोरोनाको कारण थप एक वृद्धको मृत्यू
Death-from-corona
पाल्पा - पाल्पामा कोरोनाको कारणले थप एक जना बृद्धको निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनृसार कोरोनाको कारण तिनाउँ ६ का ७४ वर्षका बृद्धको होम आइसोलेशनमै मृत्यू भएको हो । उनलाई स्वास्थ्यमा समस्या आएर अस्पताल ल्याइ कोरोना परीक्षण गर्दा पोजेटिभ आएको र उनको घरमै निधन भएको कार्यालयले जनाएको छ । मृतकको आफ्न्तहरुले नै स्वास्थ्य सजगता अपनाएर दाह संस्कार गरेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले रानीमहललाई बताउनुभयो । अहिले सम्म पाल्पामा ११ महिला र २४ पुरुष गरी ३५ जनाको कोरोनाको कारण निधन भएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update