Erani Mahal
पाल्पामा थप ३८ जनाले कोरोनालाई जिते
Coronavirus positive
पाल्पा- पाल्पामा बुधवार थप ३८ जनाले कोरोना भाइरसको संक्रमण्णलाई जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीका अनुसार पाल्पामा पछिल्लो समयमा थप ३८ जनाले कोरोना भाइरसलाई जितेर संक्रमण मुक्त भएको जानकारी दिनुभयो । बुधवार मुक्त हुनेहरुमा भएकाहरुमा १५ महिला र २३ पुरुष रहेका छन् । यससँगै पाल्पामा कोरोना परीक्षण गरेर निको हुनेको संख्या १ हजार ८ सय १४ पुगेको छ । पाल्पामा पछिल्लो समयमा समुदाय स्तरमा कोरोनाको परीक्षण भने शुन्य रहेको छ । हालसम्म पाल्पामा ३५ जनाको कोरोनाले गर्दा निधन भएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update