Erani Mahal
रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक जना घाइते
dhisko
पाल्पा- जिल्लाकाे रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार माटोको ढिस्को खस्न गई च्याप्न जादा रामपुर न.पा.- १ स्याउलिबजार स्थित कालिगण्डकी करिडोरको बाटो खन्ने क्रममा एक जना घाइते भएका हुन् । घाइते हुनेमा सल्यान जिल्ला बाघचौर न.पा.-१ बाघचौर बस्ने वर्ष ४७ को भोग बहादुर बस्नेतलाई बाटो देखी माथिबाट एक्कासि माटोको ढिस्को खस्न गई च्याप्न जादा घाईते भएका हुन् । घाईतेलाई तानसेन तर्फ उपचारकाे लागि ल्याएकाे र निजको अवस्था मध्यम रहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update