Erani Mahal
पाल्पाली गायक गैरे र बस्यालकाे ‘रोगै पिरतीको’ गीत सार्वजनिक (भिडियाे सहित)
music
सन्तोष बस्याल, पाल्पा – माया प्रेमका शब्दलाई केन्द्रलाई राखेर प्रशिद्ध गायक पुरुषोत्तम गैरे र प्रतिभाशाली गायिका पद्मा बस्यालको संयुक्त प्रस्तुती रहेको फरक स्वादको नयाँ गीत सार्वजनिक भएको छ । माया प्रेममा केन्द्रित रहेको ‘रोगै पिरतीको’ बोलको गीत डिजिटल बजार मार्फत रिलिज भएको छोटो समयमानै दर्शक तथा श्राेताकाे रोजाइमा परेको छ । बिमल पौडेलको शब्द, गायक गैरेकै संगित, तथा कृष्ण बिकको संगित संयोजनमा तयार भएको उक्त गितलाई सुलभ म्युजिक मार्फत सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपाली संगीत बजारमा नयाँ शैली र नयाँ स्वादका गीत संगीतले बजार पाइरहेको अबस्थामा यस गीतले पनी दर्शक तथा स्रोताको राम्रो प्रतिकृया पाइरहेको गायिक पदमा बस्यालले बताएकी छन । सार्वजनिक भएको गीतको भिडियोमा अर्जुन गौतम, प्रमिशा बस्याल र अर्जुन न्यौपानेले दमदार अभिनय र नृत्य मार्फत प्रतिभाशाली भिडियो कलाकारका रुपमा उदाएका छन । यस गीतबाट आफू निकै आशाबादी रहेको गाएक गैरेले बताउनुभयाे । गाएक गैरेले यस अघि पनि दर्जन बढी सालैजो, राइला, दोहोरी गितहरु दर्शक स्रोतामाझ प्रस्तुत गरिसक्नुभएकाे छ । पहिलेका गित भन्दा यसमा फरक स्वाद रहेकाले पनि यस गीत मार्फत बढी आशा गरेको गैरे बताउनुहुन्छ । गीतमा राजेश घिमिरेको छाँयाकंन, दीपक विष्टको सम्पादन र काजिस श्रेष्ठको निर्देशन गर्नुभएकाे छ । गीतको भिडियो https://www.youtube.com/watch?v=YU5lOImd_D8
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update