Erani Mahal
पाल्पा रामपुरका किसानलाई चैते धानको विउ वितरण
dhanko biu bitran krisak ,
पाल्पा- रामपुरका किसानलाई चैते धानको विउ वितरण गरिएको छ । चैते धानको पकेट क्षेत्र रहेको तल्लो बडवान क्षेत्रका किसानलाई विउ वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रमबाट बडवान कृषक समुहलाई धानको वीउ वितरण गरिएको हो । रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेय र कार्यपालिका सदस्य सिमादेवी रानाले बडवानमै पुगेर धानको वीउ समुहलाई हस्तान्तरण गर्नुभएको छ । किसानलाई ६ सय किलो हर्दिनाथ जातको चैते धानको वीउ वितरण गरिएको कृषि शाखा प्रमुख पाण्डेयले जानकारी दिनुभयो । धानको विउका साथै किसानलाई रासायनिक मल समेत वितरण गरिएको हो । कृषि ज्ञानकेन्द्र पाल्पाको सहयोगमा बडवान क्षेत्रमा गतवर्ष दुई सय रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको थियो भने यसवर्ष एक सय रोपनी क्षेत्रफल थप भई तीन सय रोपनी क्षेत्रफलमा रामपुर नगरपालिकाको सहयोगमा चैते धान खेती गर्ने तयारी छ ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update