Erani Mahal
तानसेनकी प्रमिशा अभिनित ‘रोगै पिरतीको’ गीत सार्वजनिक
pramisha_basyal
पाल्पा - ‘रोगै पिरतीको’बोलको गीत सार्वजनिक गरिएको छ । बिमल पौडेलको शब्द रहेको गीतमा पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको छ । गीतका गायक/गायिका दुबै पाल्पाली हुनुहुन्छ । पुरुषोत्तम लोकदोहोरी क्षेत्रका चर्चित गायक हुनुहुन्छ भने पद्माले पनि यसअघि केही गीतमा स्वर दिनुभएको छ । सोमबार सार्वजनिक गीतको अडियो र भिडियो दुबै राम्रो बनेको छ । पछिल्लो समयका चर्चित कोरियोग्राफर काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा लोकप्रिय मोडल अर्जुन गौतमसंगै प्रमिशा बस्याल र अर्जुन न्यौपानेले अभिनय गर्नुभएको छ । राजेश घिमिरे र टिमले काठमाडौंमा खिचेको भिडियोलाई दिपक विष्टले सम्पादन गर्नुभएको हो । यस गीतको भिडियोकी मोडल प्रमिशा गायिका पद्माकी छोरी हुनुहुन्छ । पाल्पा, तानसेन नगरपालिका –७ देवकोटाचोक निवासी प्रमिशाले भिडियोमा राम्रो काम गर्नुभएको छ । नृत्यमा ममीले नै अगाडी सार्नुभयो : प्रमिशा भर्खरै १५ वर्षमा पाइला टेक्दै गर्नुभएकी प्रमिशा न्यू होराइजन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । उहाँ आफूलाई ममीले नै नृत्यमा अगाडी सारेको बताउनुभयो । ममी गायनमा रहेका कारण उहाँले गाएका गीतमा अभिनय गरको प्रमिशाले ईरानीमहलसँगको कुराकानीमा बताउनुभयो । यसअघि ३ वटा गीतको म्युजिक भिडियोमा अभिनय गर्नुभएकी प्रमिशाले एक वर्ष सौभाग्य कला केन्द्रमा नृत्य समेत सिकेको बताउनुभयो । विद्यालयमा हुने सांगीतिक कार्यक्रमहरुमा समेत सहभागी हुँदै आउनुभएकी प्रमिशा आउँदा दिनमा पनि म्युजिक भिडियोमा अभिनय गर्दै जाने बताउनुभयो । ‘बाबा–ममी दुबैले सपोर्ट गर्नुहुन्छ । अहिले भर्खरै ८ कक्षामा पढ्दै छु’ प्रमिशाले ईरानीमहलसँग भन्नुभयो, ‘पढाईलाई पनि ध्यान दिनुपर्यो । पढाई सँगसँगै नृत्यलाई अगाडी बढाउनेछु ।’ प्रमिशाले आफ्नो नयाँ म्युजिक भिडियो ‘रोगै पिरतीको’लाई माया गरिदिन समेत सबैलाई आग्रह गर्नुभयो । यस्तो छ म्युजिक भिडियो :
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update