Erani Mahal
तानसेनमा नगर प्रहरीले उठायाे सडक व्यापारीकाे सामान !
tansends
पाल्पा – तानसेन नगरपालिकाले सडकमा व्यापार गर्ने मानिसको सामग्री जफत गरेको छ । अनाधिकृत रुपमा सडक कब्जा गरेर व्यापार गरेको भन्दै नगरपालिकाले सोमबार दर्जनौँ साना सडक व्यापारीको सामान जफत गरेको हो । सोमबार दिउँशो तानसेनको विभिन्न स्थानमा सडकमा व्यापार गरेर गुजारा गर्ने साना व्यापारीको तरकारी, ममफली, प्लास्टिकका सामग्री सहित अन्य सामग्री नगर प्रहरीले जफत गरेको थियो । नगरप्रहरीले सडकमा राखेर व्यापार गर्ने साना व्यापारीको तरकारी, फलफुल, प्लास्टिकका भाडा, ममफली लगायतका सामग्री खोसेर ट्याक्टरमा राखेको थियो । आफ्ना सय देखि हजारसम्मका सामान जफत गरेपछि साना व्यापारी नगरप्रहरी समक्ष निरीह्य बनेका थिए । नगर प्रहरीले साना व्यापारीकाे पसल राख्ने टेबल, कुर्ची, छाता समेत उठाएकाे थियाे । उनीहरुले नगर सरकारले आफूहरुलाई गरेर खाने बाटो बन्द गरिदिएको गुनासो गरेका थिए । तानसेनमा भाडा तिरेर व्यापार गर्ने अवस्था छैन सडकपेटीमा दुई/तीन सय रुपियाँको तरकारी राख्नुभएका एक महिलाले भन्नुभयो सडकमा बसेर यस्तो गर्ने कसको रहर थियो र ? सडकमा सबैको अगाडि हात जोर्ने रहर नभई बाध्यता हो, हामीलाई नगर सरकारले गरेर खाने बनाओस् । सरकार केही गर्न नसक्नेका लागि होइन रहेछ उहाँले भन्नुभयो । बढ्दो सवारीको चाप र साँघुरो सडकका कारण दिनहुँ ट्राफिक समस्या बढ्दो छ । यो समस्यालाई समाधान गर्न नगरपालिका र प्रहरी प्रशासनले गृहकार्य गरेर सडक अबरोध हटाउने निर्णय गरेको थियो । यसअघि पनि नगरपालिकाले सडक पेटी मिचेर राख्ने पसलेको सामान जफत गरेको थियो । तर अहिले भने सडकको ट्राफिकिङ् खुलाउँदा सबैभन्दा बढी मारमा सडक पेटीमा गुजारका लागि सय/दुई सयका सामग्री बिक्री गर्ने मानिस समस्यामा परेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update