Erani Mahal
गुल्मीका एक जना व्यक्ति मृत अवस्थामा फेला
dead_Body
गुल्मी - गुल्मीमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । बिहान घरबाट घाँस काट्न हिँडेका विक अबेरसम्म नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मीदरवार गाउँपालिकाको वडानम्बर–१ बरेवाखोलामा मृत अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मीका प्रहरी नायव उप।प्क्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे जनाएकाे छ । विकको शवमा केही चोट देखिएकाले पोष्टमार्टम रिपोर्टपछि मात्रै थप जानकारी आउने उहाँले बताउनुभयाे । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update