Erani Mahal
पाल्पामा थप २८ जनाले कोरोना जिते, संख्या १७ सय ७६ पुग्यो
Coronavirus positive
पाल्पा- पाल्पा जिल्लामा थप २८ जनाले कोरोना भाइरस विरुद्धको लडाई जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार कार्यालयमा २८ गतेदेखि माघ ३ गतेसम्मको प्राप्त विवरण अनुसार २८ जना कोरोना मुक्त भएका हुन् । कोरोना मुक्त हुनेहरुमा तानसेन नगरपालिका भित्रका १७, माथागढी गाउँपालिकाका एक जना, रैनादेवी छहरा गाउँपालिकाका तीन जना, रम्भा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना र तिनाउ गाउँपालिकाका २ जना रहेका छनन् । पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ७ सय ७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा पाल्पामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तानसेन नगरपालिकाका ६ जना, माथागढीका २ जना, तिनाउका २ जना र बगनासकालीका एक जना गरी ६ पुरुष र ५ महिलामा संक्रमण देखिएको हो । पाल्पामा थप भएका ११ सँगै एक हजार ८ सय ६९ जना कोरोना संक्रमित पुगेका छन् । पाल्पामा कोरोनाका कारण ३३ जनाको मृत्यु भएको छ भने अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ६० रहेको छ, उनीहरु धेरै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update